बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी  उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि, तस्करी पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पछी पहिलो पटक दुई जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।

डिआईजी चतुर्वेदी मंगलवार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय सर्लाहीको स्थलगत अनुगमन निरीक्षण गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले डिआईजी चतुर्वेदीको स्वागत गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा डिआईजी चतुर्वेदीले पिर्के सलामी लिएसंगै थुनुवा कक्ष, मुदाशाखा , हतियार भण्डारण कक्ष,लगायत अन्य शाखाहरूको निरीक्षण गर्दै एसपी गिरी , जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्की, ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राई संगै निरीक्षण कार्यक्रममा उपस्थित प्रायः जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरू लाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका छन्।

सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको ज्यान धानको सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन्। डिआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको बिभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएको एसपी गिरीले बताएका छन्।

त्यस्तै जिल्ला प्रहरी कार्यालय देखी सम्पूर्ण प्रहरी युनिटमा काम बिशेषले आउने सेवाग्राहीको समस्या सुनेर सामाधानको पहल गर्न निर्देशन दिएका छन्। त्यस्तै कुनै पनि कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएका छन्।

फरार प्रतिवादी पक्राउ गर्न तदारुकता देखाउने,तस्करीको सामान नियन्त्रण गर्न ज्यानको सुरक्षा गर्ने, बिहेवारी, घरायसी कामकाजको सामानको लागी सहज व्यवस्थापन गर्न र घुमुवा प्रहरीको नाउँमा तस्कर संग लेनदेन, ब्यापारी माझ आतंक नमचाउन निर्देशन दिएका छन्। 

निर्देशन बिपरित गर्ने जोकोहि लाई पनी कडा कार्वाही गर्ने डिआईजी चतुर्वेदीले चेतावनी दिएका छन्। डिआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय रौतहट अघी मंगलवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका थिए।

तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य एआईजीमा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदी आएका हुन्।डिआईजी चतुर्वेदीले न्युज कारखाना संग कुरा गर्दै प्रदेशका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गराउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।