बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्र र प्रसाई हितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।