नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)बिच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो ।
उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकाङ्क र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो । रासस

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

प्रतिक्रिया