‘विकाससँग सांसद जोडिनुपर्छ’

राष्ट्रियसभाको आजको बैठकमा भाग लिँदै सांसदहरुले विकाससँग सांसद जोडिनुपर्ने बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै उहाँहरुले विकास गतिविधिसँग सांसदलाई जोड्नुपर्ने बताउनुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सकारात्मक हुँदै खाद्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादन वृद्धिका लागि खोजमूलक अनुसन्धानमा जोड दिने तथा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने विषयलाई आगामी बजेटमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “सरकारको लगानीमा सतप्रतिशत नाफा नदेखिए जनताको विश्वास हुँदैन । जलविद्युत् उत्पादनमा वृद्धि गर्नुपर्छ, विकाससँग सांसद जोडिनुपर्छ”, उहाँले भन्नुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले सीमा अतिक्रमण नियन्त्रण नीति कार्यान्वयन गर्नुपर्ने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले समाजवादोन्मुख अर्थतन्त्रका पक्षमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण हुन नसकेको आरोप लगाउँदै आगामी बजेटमा प्राथमिकता किटान गरी कार्यान्वयनमा जोड दिन अनुरोध गर्नुभयो ।
सांसद नरबहादुर विष्टले जनताको आशा र अपेक्षाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नाआएको भनी दुःख व्यक्त गर्नुभयो ।
सांसद सुमित्रा विसीले राष्ट्रियताको सवालमा सुरक्षाको विषय समेटिनु सकारात्मक भएको उल्लेख गर्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन गर्दछु भन्नुभयो ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) भइरहेको छलफलमा बोल्ने सदस्यहरू बाँकी रहेकाले राष्ट्रियसभाको अर्को बैठक भोलि बुधबार १ बजेर १५ मिनेटमा बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

प्रतिक्रिया