कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

काठमाडौँ- सांसद नारायणदत्त भट्टले किसानले उत्पादन गरेको कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्ने व्यवस्था सिद्धान्त र प्रथामिकताले सम्बोधन गर्नेमा विश्वास लिनुभएको छ ।
राष्ट्रियसभा आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा भाग लिँदै उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यन्वनयका लागि उचित मूल्य र बजार पाउनुपर्नेमा जोड दिनुभएको हो । “शिक्षा उत्पादकमूलक छैन । सिद्धान्त र प्राथमिकताले भनिए जस्तै पढ्दै कमाउदै नीति कार्यान्वनमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले विवाहको उमेरहद घटाउन नहुनेमा जोड दिनुभयो । “उमेर पुगेपछि विवाह गर्दा पढाइसँगै रोजगारीको लागि सक्षम हुन्छन् । तसर्थ विवाहका लागि २० वर्ष उमेरहद नै ठीक छ,” उहाँले भन्नुभयो । सांसद गङ्गाकुमारी बेल्बासेले आगामी बजेटमा हिमाली र पहाडी क्षेत्रलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । “सिद्धान्त र प्राथमिकतामा मधेश र तराईलाई प्रथामिकता दिइएको छ । पहाड र हिमाललाई उपेक्षा गरियो । यसैले मेरो समर्थन छैन,” उहाँले भन्नुभयो ।
सांसद पदमबहादुर परियारले अर्थतन्त्र चलायमान बनाउनुपर्ने, जनतालाई आशा जगाउनुपर्ने, राज्य र व्यवस्थाविरुद्धको हर्कतको अन्त्य गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाउनुभयो ।
सांसद रेणु चन्दले लैङ्गिक बजेट तर्जुमालाई प्राथमिकता दिन नसकेको, स्वदेशी उत्पादन वृद्धि गर्ने सरकारको नीति प्रष्ट नभएको बताउनुभयो । “जनताको भलो हुने किसिमको बजेट ल्याइयोस् र स्टार्टअफ प्रवर्द्धन नीतिमा कार्यकर्ता प्रवर्द्धन नगरियोस् । प्रभावकारी कार्यान्वयनमा जोड दिइयोस्”, उहाँले भन्नुभयो ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

प्रतिक्रिया