प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहभागी

काठमाडौं- नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आयोजना हुने नवौँ संस्करणको प्रधानमन्त्री कप भलिवल प्रतियोगिता (9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082) मा शिवम् सिमेन्ट लिमिटेडले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ ।
नेपाल भलिबल संघद्वारा आयोजित उक्त प्रतियोगिता जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा हुनेछ। नेपाल भलिबल संघका अनुसार प्रत्येक खेलमा तीन देखि चार हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा १४ टिम सहभागी हुनेछन् । जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ।
शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवर्द्धन र स्थानीय खेलाडीको सशक्तीकरण गर्ने दीर्घकालीन उद्देश्यसहित यो सहकार्य अघि बढाएको हो। काठमाडौंमा सम्पन्न एक कार्यक्रममा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ विभागका भि.पि. निखिल अग्रवाल बीच सम्झौतामा हस्ताक्षर भएको थियो।
यसअघि पनि शिवम् सिमेन्टले शेरबहादुर स्मृति महिला भलिबल कप, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट लिग अन्तर्गत कर्णाली यशविस टिमको साथ लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय खेलकुद कार्यक्रमहरूमा सहकार्य गर्दै आएको छ।
कम्पनीले क्रिकेट, फुटबल, म्याराथन जस्ता लोकप्रिय खेलहरूमा समेत निरन्तर सहयोग पुर्याउँदै आएको छ। शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि खेलकुद क्षेत्रको समग्र विकासका लागि योगदान पुर्याउन प्रतिबद्धता जनाएको छ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया