बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

ललाई फकाई बिभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्। रौतहट संग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको हो।
नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी बर्ष २५को सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमाण्डर राजनन्दन कुमारले न्युजकारखानालाई बताएका छन्।
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० बर्षिया विवाहीत युवतीलाई भगाई लागिरहेका गुप्ताले पटक पटक ब्यान फेरी रहेका थिए। उनलाई कडाईका साथ सोधबुझ गर्दा पासवान युवतीलाई दिल्ली स्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लागिरहेको स्वीकारेको एसएसबी कमान्डर कुमारले बताएका छन्।
विआर ०१ विए ३४२१नम्बरको उक्त मोटरसाईकल आफन्तको घरमा राखेर घोडासहनबाट ट्रेन चढेर युवतीलाई लिएर दिल्ली जाने उनीहरूको योजना रहेको कमान्डर कुमार ले जानकारी दिएका छन्।उनीहरूको साथबाट एकथान मोटरसाईकल, केटीको ब्यागबाट ५० हजार नेपाली रुपैयाँ र केटाको पाकेटबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिएका छन्। एसाएसबी क्याम्पमा पुगेर पक्राउ परेकी केटीको बुवाले लाखौं खर्च गरेर यसैबर्ष बिहे गरेको छोरीलाई गुप्ताले ललाई फकाई दिल्ली लागिरहेको बताएको थियो उनले मानव तस्करी गरिरहेका गुप्तालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।
पक्राउ परेका युवा युवतीलाई बरामद सामान सहीत आवशयक कारवाहीको लागि राति नै रौतहट स्थित प्रहरी चौकी बंकुलमा एक गैरसरकारी संस्थाका प्रतिनिधिको रोहवरमा बुझाएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। पछिल्लो समय रौतहट र बाराको बिभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्याउने घटना बढिरहेकाले सीमाक्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले बिशेष निगरानी गर्नुपर्ने एसाएसबीले सुझाव दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारवाहीको लागि दुवैजना लाई बारा प्रहरीको जिम्मा लगाईएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छन्।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रतिक्रिया