सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

बलिउड सुपरस्टार अक्षय कुमारले निर्देशक प्रियदर्शनको हरर कमेडी चलचित्र भूत बंगलाको सुटिङ पूरा गरेका छन् । केप अफ गुड फिल्म्स र वाइड एंगल क्रिएशन्सको सहकार्यमा बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुरले यो फिल्म निर्माण गरेको हो ।

अक्षयले हालै एक भिडियो क्लिप साझा गरेका छन, जसमा उनी र अभिनेत्री वामिका गब्बी एक गीतको लागि छायाङ्कन गर्दै गरेको देखिएको छ । र, फिल्मको र्यापको घोषणा गरेका छन् ।

‘र यो भुत बंगलाको र्‍याप हो, सधैं आविष्कारशील प्रियदर्शन सरसँगको मेरो सातौं साहसिक कार्य हो, एकता कपूरसँग मेरो दोस्रो आउटिङ, र मेरो पहिलो तर आशा छ कि अन्तिम होइन, सधैं आश्चर्यजनक वामिकासँगको जादुई यात्रा रहेनछ, पागलपनका लागि कृतज्ञता,’ अक्षयले लेखेका छन् ।

सो फिल्ममा तब्बु, परेश रावल, मनोज जोशी, मिथिला पाल्कर, शर्मन जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । यो एक भिएफएक्सले सजिएको हेभी फिल्म हो र २ अप्रिल २०२६ मा विश्वभरका थिएटरहरूमा रिलिज हुदैँछ ।