सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ । गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।

उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिंचाई हुदैँ आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।

‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन, जसमा  जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’ हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्दार गराउन पनि माग गरेका छन् ।