‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
“जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेका छन्”, उहाँले भन्नुभएको छ, “अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।”
महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । –

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया