सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल- लुम्बिनी प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा सार्बजनिक गरेको छ। कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा पेस गरेका हुन् । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिँदै भविष्यमा सिंगो प्रदेशलाई ‘प्रांगारिक प्रदेश’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।