जर्मनले पठायो लिथुआनियामा झण्डै पाँच हजार सैनिक

बर्लिन- दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो)को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन ब्रिगेड पठाएका हुन् ।
जसको वातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तरबन्द ब्रिगेड औपचारिक रूपमा गठन गरिएको घोषणा गरिएको हो ।
युक्रेनमा रुसको आक्रमणको बीचमा चान्सलर मर्जले भने, ‘हाम्रा बाल्टिक सहयोगीहरूको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।’ उनले नेटो सहयोगीहरूलाई मस्कोविरुद्ध युरोपेली सुरक्षा बलियो बनाउन प्रयासहरू विस्तार गर्न पनि आग्रह गरेका थिए । आफ्नो सेनालाई बलियो बनाएर बर्लिनले सुरक्षामा थप लगानी गर्न सहयोगीहरूलाई संकेत गरेको देखिएको छ ।
आफ्नो देशमा जर्मन सेना भित्रिएपछि लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसलाई ‘ऐतिहासिक दिन’ भनेर टिप्पणी गरेका छन् । किनकी, यो पहिलो पटक हो कि जर्मन ब्रिगेडले सन् १९४० पछि लामो तैनाथीको लागि आफ्नो देश बाहिर जाने निर्णय लिएको थियो ।
जर्मनीले लिथुआनियामा आफ्नो सेना तैनाथ सुरू गरेपछि युरोपमा नयाँ बहस सुरू भएको छ । लिथुआनियाले रुसको कालिनिनग्राद र मस्कोको प्रमुख सहयोगी बेलारुससँग आफ्नो सिमाना साझा गरिरहेको छ, जसका कारण लिथुआनियामाथि जतिखेर पनि मस्कोबाट हमला हुन सक्छ ।
नयाँ ब्रिगेडको साथ जर्मनीले अन्य देशसँग पनि गहिरो संलग्नताको लक्ष्य राखेको छ, जहाँ यसले पहिलो पटक सन् २०१७ मा सेनाको स्थानान्तरण सुरु गर्ने घोषणा गरेको थियो । यो एक वर्षभन्दा बढीको लागि प्रगतिको दिशामा थियो। यसपछि ‘एक्टिभेसन स्टाफ’ को रूपमा विस्तार भयो, जसमा २५० सेनाहरू त्यसमा सामेल रहेका थिए ।
अब विस्तारित रूपमा ४५ नम्बर आर्मर्ड ब्रिगेडमा लगभग ५ हजारको कुल संख्या पुर्याइनेछ, जसमा ४८०० जर्मन सैनिक तथा २०० नागरिक कर्मचारीहरू रहने छन् । र, यो सन् २०२७ सम्म यसको पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ । गत बिहीबार भिल्नियसको केन्द्रीय क्याथेड्रल स्क्वायरमाथिको आकाशमा दर्जनौं जर्मन सैन्य हेलिकप्टरहरू उडाएर यसको संकेत गरिएको थियो ।
अमेरिकामा कोभिडले एक सातामै ३५० जनाको मृत्यु

दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्…

जापानमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिला बलात्कार गरी बनाए ३ हजार भिडि…

शरिरका १३ अङ्ग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला
भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित
बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित

५० हजारभन्दा बढी बङ्गलादेशी नागरिकको रोजगारी गुम्यो

प्रतिक्रिया