लाखौँ जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्तः अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित युवासंग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० बर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन् । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए ।
अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुने गरिको परिवर्तन महसुस गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।

मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन जेठ २१ देखि

मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्छः मन्त्री पाैडेल

बागमती प्रदेशः नीति तथा कार्यक्रम प्रस्तुत

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’

कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सवः महासचिव पोखरेल

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकको रोदनः मैले न्याय पाउँनुपर्छ

प्रतिक्रिया