प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

पथरी - पथरीमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएका छन्। पथरी-शनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई मंगलबार ४ विकेटले पराजित गरेको हो। जिरिखिम्ती मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पञ्चध्वज क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।
पन्चध्वजका भूपेन राईले सर्वाधिक ३७ रन बनाउँदा राकेश राई र राजकुमार मगरले समान १० रनको योगदान दिए।
पथरी-शनिश्चरेका तर्फबाट नेल्सन दंगाल, अभिषेक विक र रोहन गहतराजले समान २-२ विकेट लिए भने दिपेश भण्डारीले १ विकेट हात पारे।
पथरी-शनिश्चरेले १७ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। समित राईले आक्रामक पारी खेल्दै ७२ रन बनाए भने सोलोमन राईले १९ र योगेश श्रेष्ठले १३ रन जोडे।पञ्चध्वजका सन्जय मुर्मु, भूपेन राई र पवन जैशवालले समान १-१ विकेट लिए।
मंगलबार नै भएको दोस्रो खेलमा दमक क्रिकेट क्लबले केराबारी क्रिकेट क्लबलाई १७१ रनको फराकिलो रनले पराजित गर्यो।
टस हारेर पहिला ब्याटिङ गरेको दमक क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४१ रन को विशाल योगफल तयार गर्यो। दमकका लागि विजय तामाङले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार प्रहार गरे। उनले १०६ रन बनाउदा वोधराज आचार्यले ४६ र प्रदीप परियारले ३९ रनको योगदान दिए।
केराबारी क्रिकेट क्लबका अभिषेक थापाले ३ विकेट लिए भने शशी मण्डल र सनम सुवेदीले १-१ विकेट लिए। जवाफमा मैदान उत्रिएको केराबारी क्लब ७० रनमै समेटियो।
दमकका बलरसामू निरीह बनेका केराबारीका सन्जय राईले १४ र सनम सुवेदीले १६ रन बनाउनुबाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन बनाउन सकेन्न। केराबारीलाई सस्तैमा समेटन दमकका बलर अनिश खड्काले ४ विकेट लिए भने चन्दन शर्मा र सन्तोष सिंहले समान २-२ विकेट लिदा किरण गौतमको नाममा १ विकेटको योगदान रह्यो।
खेलको म्यान अफ दी म्याच दमकका बिजय तामाङ घोषित भए। बुधबारबाट दोस्रो चरणका खेल सुरू हुनेछ्न्। पहिलो खेल काकडभिटा झापा र मोरङको डाँस मोरङीबीच हुने छ भने दोस्रो खेल हसहन्द क्रिकेट क्लब र ब्रर्दर्स ११ झापाबीच हुने छ।

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

प्रतिक्रिया