रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

हैदारावाद- रजनीकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् ।
उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् ।
यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा नहुन सक्छ, यो जानकारी पाए पछि तपाइ छक्क पर्नु हुनेछ । रजनीकान्तले सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि उनी एसियाका नै महँगा अभिनेता मध्य एक बनेका थिए तर त्यसपछि आमिर खान उनीसँग प्रतिस्पर्धा गर्न आए र अमिरले पछि पारिदिए ।
तर, अहिले फेरी रजनीकान्तले इतिहास रचेका छन् । उनले ‘कुली’ का लागि यति ठूलो रकम लिएका छन् कि उनी एसियाकै सबैभन्दा महँगो अभिनेता बनेको दावी भारतीय मिडियाहरूले गरेका छन् ।
मनी कन्ट्रोलका अनुसार लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ सबैभन्दा महँगो फिल्ममध्ये एक हो । यो फिल्ममा निर्माताले जति पैसा खर्च गरिरहेका छन्, त्यसको आधाभन्दा बढी बजेट त रजनीकान्त एक्लैले लिइरहेका छन् । अभिनेताले यस फिल्मका लागि २६० देखि २८० करोड भारु लिइरहेका छन्, जुन आमिर खान र ज्याकी चेनभन्दा बढी हो ।
कलानिधि मारनले निर्माण गरिरहेको फिल्म ‘कुली’ को बजेट ४०० करोड रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० करोड रुपैयाँ पारिश्रमिक लिएका छन र उनले यसवाट केही नाफाको हिस्सा पनि पाउने छन् । निर्देशक लोकेश कनागराजले फिल्मका लागि ६० करोड भारु लिएका छन् भने अर्को मुख्य भूमिकामा देखिएका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् ।
फिल्ममा आमिर खानको पनि क्यामियो रहेको बताइएको छ। यसमा केही मिनेटको दृश्यका लागि पनि कलाकारले २५ देखि ३० करोड भारु लिएका छन ।
त्यसैगरी श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि नबढाई बजार मूल्य अनुसारको शुल्क दिइएको छ । फिल्मको रिलिज मितिको बारेमा कुरा गर्दा कुली १४ अगस्ट २०२५ मा थिएटरहरूमा आउनेछ । हालै मात्रै यसको टिजर सार्वजनिक भएको थियो, जसले यो फिल्म ब्लकबस्टर हुने यसै अनुमान गर्न सक्छ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया