सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुन्छ : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रतिपक्षी लचिलो भएर प्रस्तुत भएको भन्दै सत्तापक्ष र सरकार पनि जिम्मेवारपूर्वक प्रस्तुत भए समस्या समाधान हुने बताएका हुन् ।
आफुहरू नरम भएपनि सरकार गरम भएको उनको भनाइ छ । पुनले भिजिट भिसा प्रकरण प्रतिपक्षीको मात्रै नभइ आम नागरिकको सरोकारको बिषय भएकाले छानविनमा सरकारको प्रतिवद्धता अनिवार्य रहेको धारणा राखे । बजेटमाथि छलफल हुनुअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्ने उनले बताए ।
पुनले संसद खोल्न सत्तापक्ष बढि जिम्मेवार बन्न सक्नुपर्ने बताए ।

अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भयोः गृहमन्त्री लेखक

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ: प्रधानमन्त्री ओली

एयर इन्डिया विमान दुर्घटना : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

प्रचण्ड र नेपालबी भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिक्रिया