गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

व्यक्ति स्वस्थ भए मात्रै नगर स्वस्थ हुने भन्दै बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
उपमहानगर क्षेत्रका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखी उपमहानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नगर क्षेत्रमा भएका भौतिक प्रगतिलाई मात्र विकास मान्ने परिपाटीको अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता मानवीय पक्षलाई पनि उत्तिकै महत्व दिनुपर्ने सोचका साथ उपमहानगरपालिकाले कार्यक्रम अघि बढाएको प्रमुख खेलराज पाण्डेय बताउँछन् ।
बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रममा समग्र स्वास्थ्य क्षेत्रको विकास एवं सुधार गरी यस क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
यसै सन्दर्भमा २०८० माघ महिनामा बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बा–आमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको थियो । सो कार्यक्रम अत्यन्त लाभदायक रहेको भनी स्थानीय समाजसेवी तथा अगुवाहरूबाट प्रशंसा व्यक्त गरिएको छ ।
यसै सिलसिलामा बुटवल उपमहानगरपालिका–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको थियो । बरईको घरमै पुगेर उपमहानगरप्रमुख पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर सो अभियानको सुरुआत गरेका थिए । ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए ।
नगरप्रमुख पाण्डेयले उमेरजन्य समस्याका कारण घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको टोली लिई घरदैलोमा पुगेर सेवा उपलब्ध गराउन थालिएको बताए ।
उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन भएको उक्त घरदैलो अभियानमा करिब दुई हजार ६०० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सोही अवसरमा तीन सय जनाको ‘भिडियो एक्स–रे’ पनि गरिएको थियो ।
घरदैलोमै पुगी सुरु भएको स्वास्थ्य परीक्षण कार्यक्रमबाट शारीरिक अवस्थाका कारणले अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि यो निकै प्रभावकारी भएको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँकी ८७ वर्षीया मुनिकला ज्ञवालीले बताउँछिन् ।
‘बा–आमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालनका क्रममा प्रयोगशालामा गरिने आवश्यक स्वास्थ्य परीक्षणसहित औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो । ६० वर्षदेखि माथिका सबैलाई शिविरमा र ७० वर्षभन्दा बढीका नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको यस कार्यक्रमबाट विशेषगरी ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति लाभान्वित भएको प्रमुख पाण्डेय बताउँछन् ।
उपमहानगरले सञ्चालन गरेको यस कार्यक्रमबाट ज्येष्ठ नागरिक मात्र नभएर बालबालिका, किशोर–किशोरी, अपाङ्गता भएका व्यक्ति, प्रसूति समस्याबाट पीडितसहित विभिन्न उमेर समूहका व्यक्तिहरुलाई समेत स्रोतसाधनले भ्याएसम्म स्वास्थ्य सेवा प्रदान गरिएको उपमहानगरापालिकाले स्पष्ट गरेको छ ।
त्यस्तै, उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरूको लगत सङ्कलन गरी उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा घरदैलो अभियान सुरु गरेको हो । आवश्यक पूर्वतयारीका साथ सञ्चालन गरिएको यस कार्यक्रमबाट उपमहानगरका १९ वटै वडामा रहेका सबै प्रकारका अपाङ्गता भएका नागरिक लाभान्वित भएका छन् ।
उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने र सम्बद्ध परिवारले उनीहरूको स्वास्थ्यप्रति बेवास्ता गर्ने समस्यालाई मध्यनजर गरी घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो ।
उनी भन्छन्, “यो कार्यक्रमबाट उपमहानगरका अपाङ्गता भएका नागरिकलाई सहज भएको छ । शारीरिक अवस्थाका कारण अस्पतालसम्म जान नसक्नेहरूको हकमा उपप्रमुखको नेतृत्वमा आवश्यक सामग्री घरदैलोमै पुगी स्वास्थ्य सेवा उपलब्ध गराउने र उहाँहरूका अभिभावकलाई सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेका छौँ ।”
यसैगरी, उपमहानगरपालिकाले बुटवललाई स्वास्थ्यतर्फ देशकै अब्बल सहरका रुपमा विकास एवं विस्तार गर्ने रणनीतिका साथ नेपाल रेडक्रस सोसाइटी ब्लड बैङ्क बुटवल शाखाको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरी निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म उपमहानगरले ८७८ जनालाई निःशुल्क रगत उपलब्ध गराएको जनाएको छ ।
यसैगरी, एचआइभी सङ्क्रमित १८ वर्षमुनिका बालबालिकालाई पोषण खर्चस्वरुप मासिक तीन हजार प्रदान गर्दै आएको छ । यस कार्यक्रमबाट अहिले चारजना बालबालिका लाभान्वित भइरहेका उपमहामनगरको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे बताउँछन् ।
यस्तै, शिशु पोषण कार्यक्रमअन्तर्गत मातृ तथा शिशु मृत्युदर कम गर्न सुत्केरी आमाहरुलाई दुई हजार रकम वडातहबाटै उपलब्ध गराइने व्यवस्था गरिएको छ । सो कार्यक्रमबाट अहिलेसम्म जम्मा ७०० महिला लाभान्वित भएका प्रमुख पाण्डेयले जानकारी दिए ।
यसैगरी वडा नं ११ र १२ स्थित तोकिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । यस्तै, गर्भवती आमाको स्वास्थ्य समस्यालाई ध्यानमा राखी निरन्तर रुपमा निःशुल्क प्रयोगशालासहितको सेवा प्रदान गरिएको छ ।
निश्चित विधि–प्रक्रिया र मापदण्डका आधारमा दीर्घरोग भएका बिरामीलाई १७ हजार रकम दिने व्यवस्था मिलाइएको प्रमुख पाण्डेयले जानकारी दिए । बुटवलमा सबैभन्दा बढी समस्याका रुपमा देखिएको ‘क्षयरोग’ न्यूनीकरणका लागि क्षयरोगमुक्त पालिका अभियान सुरु गरी सोही अनुसारका कार्यक्रम सञ्चालन गरिएको र अहिलेसम्म छ सय ६९ जना लाभान्वित भएको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै, स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०८० बनाएर काम अघि बढाइएसँगै ६० वटा स्वास्थ्य संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिएको उपमहानगरालिकाले स्पष्ट गरेको छ ।
उपमहानगरपालिकाका १८ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरू खटिएर पारामेडिक, नर्सिङ, आयुर्वेदिक र प्रयोशाला सेवा प्रदान गरिरहेको स्वास्थ्य शाखा प्रमुख पाण्डे जानकारी दिए । बुटवल उपमहानगरपालिकामा अहिले विभिन्न क्षेत्रसँग सम्बद्ध ६५ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
नगर प्रमुख खेलराज पाण्डेय स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम निर्बाधरुपमा सञ्चालन भइरहेको र यस क्षेत्रका जनतालाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्छन् । रासस

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_Xo8ZDoI0u6_7t3f2iogjuz4roqt2cpsqsc2xexumzlzqyybxcdhea837qrbf3io8imm87iy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

प्रतिक्रिया