पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'

काठमाडौँ - नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरीकोमा उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो ।
ब्युरोले जारी गरेको सूचनामा भनिएको छ– 'पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ '
उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको हो ।

निर्माण व्यवसायीको लापरबाही: नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्ग

चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

यस्तो हुनेछ आज दिनभरको मौसम

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

यस्तो हुनेछ आज दिनभरको मौसम

प्रतिक्रिया