बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गणेशबहादुर ठाडा मगरलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा बुधबार आयोजित कार्यक्रममा उनले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

यही असार २ गतेको मन्त्रिपरिषद् बैठकले मगरलाई अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई पूर्ण व्यावसायिकता साथ निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृत र जवानहरूको उपस्थिति थियो ।