बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौँ- सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरू छलफलमा बसेका छन्।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन्।

बैठकमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा र महामन्त्री गगन थापा रहेका छन्। 

यस्तै, नेकपा एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेले र ऊर्जा मन्त्री दीपक खड्का बैठकमा सहभागी छन्।