एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

पर्सा - पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।
उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए। पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

प्रतिक्रिया