याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

काठमाडौँ- केही समयअघिदेखि नेपाली बजारमा प्रवेश गरेको राइड हेलिङ एप ‘याङ्गो’ले बोनस अफर सार्वजनिक गरेको छ । नेपालमा सञ्चालित दर्जनबढी राइड शेयरिङ एपमध्ये ठूलो हिस्सा दुई विदेशी कम्पनी पठाओ र इन्ड्राइभले ओगटेको समयमा अर्को विदेशी कम्पनीले याङ्गोमा जोडिएका चालकहरूले दैनिक कम्तीमा १६ ट्रिप गरेरमा चार हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको हो।
उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले एक महिनाअघि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको थियो । दोस्ती राइडमा रहेर फूलटाइम बाइक चालक संजिप राईले याङ्गो एप मार्फत दैनिक २,५००-३,००० रुपैयाँ कमाउने बताएका छन्। “याङ्गो मेरो लागि अन्य कुनै पनि प्लेटफर्म भन्दा राम्रो भएको छ। मैले अन्य सबै राइड-सेयरिङ एपहरू प्रयोग गर्न छोडेको छु। यदि चीजहरू यस्तै रहिरहे भने, म लामो समयसम्म याङ्गोसँग रहनेछु। बढ्दो दैनिक बोनसले मलाई सबैभन्दा बढी आकर्षित गर्यो।”
अर्का चालक, किरण राईले पनि याङ्गोको बोनस प्रणालीबाट सन्तुष्ट छन् । उनी भन्छन् "प्रति दिन रु. २,५०० भन्दा बढी कमाइ हुने गरेको छ।” बाइक चालक तेज कुमार लामा याङ्गोमार्फत आय आर्जन गर्ने तरिका सिकाउँदै भन्छन् । “ आफू अनुकुल समय मिलाएर दैनिक १६ ट्रिप पूरा गरेपछि बाइक पार्किङमा राखे हुन्छ । यसबाट औसत रुपमा दैनिक तीन देखि चार हजार रुपैयाँसम्म कमाइ हुन्छ ।”
याङ्गोको परीक्षण सेवा सुरु भएतायता पार्ट-टाइम चालकको रूपमा काम गरिरहेका अनिल केसीले यसले उनलाई खाना र इन्धनको खर्च सहज रूपमा पूरा गर्न मद्दत गर्ने बताउँछन् “यात्रुहरूबाट मैले पाउने पैसाले मेरो खर्च आरामसँग पूरा गर्छ, म पार्ट-टाइम आधारमा गाडी चलाउँछु र दैनिक लगभग रु. १,५०० कमाउँछु। सामान्यतया म प्रति दिन ६-८ अर्डरहरू पूरा गर्छु।”
राइड-हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ । याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ ।
याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एशियासहित ३० बढी देशमा गतिशीलता, डेलिभरी, फूडटेक, मनोरञ्जनलगायत डिजिटल सेवाहरू प्रदान गरिरहेको छ । याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायत कार्यहरू गर्ने गर्दछ ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया