बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

समाचार हटाउने आदेश खारेज

काठमाडौँ- जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको छ ।