शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

शशिला मोटर्सले सुर्खेत काँक्रेबिहर यातायात प्रा.लि.लाई १९ वटा किटोन ब्रान्डका गाडीहरू हस्तान्तरण गरेको छ । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । १४ सिट क्षमताका उक्त माइक्रो भ्यानहरु सुर्खेतबाट नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरुमा चल्नेछन् । 

गाडीको चाबी हस्तान्तरण गर्दै शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले किटोन कम लगानीमा अधिकतम कमाइ गर्न सक्ने भरपर्दो ब्राण्ड भएको दावी गरेका छन् । खतिवडाले गाडी बिक्रीभन्दा बिक्रीपछिको सर्भिस आफ्नो प्राथमिकतामा रहेको पनि बताएका छन् । २३ बर्षदेखि यातायात क्षेत्रमा संलग्न रहेको र आफू पनि यातायात ब्यवसायी भएको उल्लेख गर्दै उनले ब्यवसायीहरुका सेवामा हरदम समर्पित रहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । 

कार्यक्रममा सुर्खेत काक्रेबिहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले  शशीला मोटर्सप्रतिको विश्वासका कारण नै किटोन का माइक्रो भ्यानहरु ख्रिद गरेको र यसबाट राम्रो आम्दानी गर्न सकिनेमा ढुक्क रहेको बताएका छन् । शशिला मोटर्स र प्रबन्ध निर्देशक सन्तोष खतिवडाप्रतिको ब्यवसायीहरुको विश्वास आगामी दिनमा अझै वढ्ने पनि उनले बताएका छन् । 
शशीला मोटर्स