अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा उनले काठमाडौँवासीले अब सधैँभरि पानी पाउने बताए । उनले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने बताए ।
मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पुर्याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उनले बताए ।
काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए ।
उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।
त्यस अवसरमा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत उपस्थित थिए ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

प्रतिक्रिया