सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

काठमाडौँ- नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।
काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
चाम्सले भने, “हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँ, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौँ ।”
चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गरेका छन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् । उक्त चलचित्र गत वर्ष विसं २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'भ्रष्ट्रलाई देउता मान्ने नै तैँ'

‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित

सहकारी ठगीको कहानीले भरिएको 'महाभोज'

द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

प्रतिक्रिया