आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन्। रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ। सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ।

रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन्।