दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

सिरहाको लहान नगरपालिका–१३ स्थित दलित बाहुल्यता रहेको जनता आधारभूत विद्यालयमा थप २ कोठे भवनको शिलान्यास भएको छ ।
नगर प्रमुख महेशप्रसाद चौधरी र वडा अध्यक्ष मनोज कोइरालाले संयुक्तरूपमा शनिबार भवनको शिलान्यास गरेका हुन । २६ लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनमा गैर सरकारी संस्था ‘एक्सन एड’ नेपालको आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको साझेदारी रहेको छ । यो संरचनाले विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने नगरप्रमुख महेशप्रसाद चौधरीले विश्वास व्यक्त गरे ।
२ कोठे उक्त भवनको शिलान्यासपछि नगरप्रमुख महेशप्रसाद चौधरीले भने, “शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको भौतिक संरचना मजबुत हुनु आवश्यक छ । त्यसका लागि निर्माण हुने यो दुई कोठे भवनले सहजता ल्याउँछ ।” उहाँले दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको सहकार्यले बनेको यो भवनले विद्यार्थीको सिकाइ प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गर्दै विद्यालयको समग्र विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
विगत लामो समयदेखि सिरहाका विभिन्न पालिका तथा स्थानमा विपन्न दलितहरूको उत्थान र जीविकोपार्जनमा निरन्तर काम गरिरहेको संस्था दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद बिसुङ्खेले यस ठाउँमा दलित विद्यार्थीको बाहुल्यता रहेको र भौतिक संरचना जीर्ण रहेकाले आफूहरूले यस विद्यालयमा थप २ कोठे भनव निर्माणमा जोड दिएको बताए । उनले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमार्फत गुणस्तरीय शिक्षा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको धारण राखे ।
विद्यालयका प्रधानाध्यापक हजारी साहका अनुसार १ सय ६५ जना छात्रछात्रा विद्यालयमा अध्ययनरत रहेका छन् । भवन निर्माण समितिका अनुसार आगामी पुस पहिलो हप्तासम्म भवन निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।
त्यसैगरी दलित बाहुल्यता रहेको लहानकै वडा नं २२ स्थित जहदीसिसवनी आधारभूत विद्यालयमा थप ४ कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको दलित जनकल्याण युवा क्लबका अध्यक्ष बिसुङ्खेले जानकारी दिए । उनका अनुसार ‘एक्सन एड’को ६२ लाख रुपैयाँ, नगरपालिकाको १५ लाख रुपैयाँ र वडाको ५ लाख रुपैयाँ गरी ८२ लाख रुपैयाँ लागतमा गत मङ्सिरमा शिलान्यास भई निर्माणको काम भइरहेको छ ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

प्रतिक्रिया