नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (NICCI) ले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ। कार्यक्रमको मूल उद्देश्य नेपाल–इटालीबीचको व्यापार, आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने रहेको थियो।
संघका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याउँदै आएको योगदानप्रति आभार व्यक्त गरे। उनले नेपाली र इटालियन व्यवसायबीच साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्न संघको प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा नेपालका लागि इटालीकी मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे, संघका बोर्ड सदस्यहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नुगारीले सम्बोधनमा दीर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान र निजी क्षेत्रको संलग्नता अत्यावश्यक रहेकोमा जोड दिए। उनले नेपाल र इटालीबीचको ऐतिहासिक सम्बन्धलाई समसामयिक व्यापारिक अवसरमा रूपान्तरण गर्न सकिने बताउँदै साझेदारीका नयाँ ढोका खोल्न आग्रह गरे।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले दुई देशबीच व्यापारिक संवाद, लगानी प्रवाह, रणनीतिक सहकार्य र व्यवसायिक वातावरण सुदृढीकरणमा अग्रसर भूमिका खेल्दै आएको छ। संघले आगामी दिनमा इटालीसँगको सम्बन्धलाई अझ संस्थागत र प्रभावकारी बनाउँदै लैजाने लक्ष्य लिएको छ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया