असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकाली दिन्छु भनि पिडितलाई आफुले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा रु चार लाख ९१ हजार जम्मा गर्न लगाइ ठगी गरी फरार भएकामा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो ।”
निजलाई काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

प्रतिक्रिया