मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

काठमाडौं-  गायिका एलिना चौहान आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरु विरुद्ध साइबर व्युरो पुगेकी छन् । उनी भोटाहिटीस्थित साइबर ब्यूरो अगाडि पुगेर तस्विर सार्वजनिक गर्दै उनले भनेकी छन्,' यो लडाइ मेरो मात्र होइन । चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन । साथ दिनुहोला सबैले ।' 

पछिल्लो समय गायिका चौहानले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने तथा गालीगलौज गर्नेहरूको नाम तथा फोटो सार्वजनिक गर्दै आइरहेका छिन् ।