बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी खोप दिने

काठमाडौँ- युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी कोभिडविरुद्ध डोज खोप दिने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सन् २०२१ को अन्त्यसम्ममा उक्त संख्यामा खोप उपलब्ध गराउने भएको हो ।

जेठ ७ गते रोममा भएको ग्लोबल हेल्थ समिटमा  इयूका राष्ट्रपति भोन डर लेनले न्यून र मध्यम आय भएका मुलुकलाई सन् २०२१ को अन्त्यसम्ममा १० करोड डोज खोप दिने बताएकी थिइन् । मुख्यगरी कोभ्याक्स कार्यक्रम अन्तर्गत साझेदारी मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेकी थिइन्।

लेनले कोभिडविरुद्ध लड्न युरोपेली युनियनले सहयोग गर्ने बताइन् । कोभिडविरुद्ध लड्ने जिम्मा युनियनको पनि रहेको उनको भनाइ छ । 'सबैलाई खोप सुनिश्चित गर्न युरोपेली युनियनले प्रतिबद्धता जाहेर गर्दछ,' उनले भनिन्,' वर्षको अन्त्य सम्ममा २० करोड डोज खोप उपलब्ध गराउँछौ ।'

एक करोड २२ लाख डोज खोप ३६ मुलुकलाई कोभ्याक्स मार्फत वितरण गरिसकेको युरोपेली युनियनले जनाएको छ ।