ईश्वर पोखरेल हटेपछि सेनाको बैठक

काठमाडौं : रक्षा मन्त्रीबाट ईश्वर पोखरेल बाहिरिएपछि नेपाली सेनाको पृतनापति समन्वयात्मक भर्चुअल बैठक आइतबार गर्ने भएको छ । उपप्रधानमन्त्री पोखरेललाई रक्षाबाट विमुख गराई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएपछि पहिलोपटक भर्चुअल बैठक हुन लागेको हो ।
भर्चुअल माध्यमबाट हुने उक्त बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापा र रथिबृन्द्धहरु सहभागी हुनेछन । मुलुकको बढ्दो रक्षा चुनौती र सेनासम्बद्ध सममायिक विषयमा छलफल गर्न यो बैठक गर्न लागिएको हो ।
रक्षा मन्त्रालयको प्रत्यक्ष जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले भर्चुअल बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । निवर्तमान रक्षा मन्त्री पोखरेलसँगको सम्बन्धमा चिसो आएका कारण सेनाले उक्त महत्त्वपूर्ण बैठक कोभिड–१९ को बहाना देखाएर सार्दैआएको आरोप पोखरेल निकट अधिकारीहरुको छ ।
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नाराभानेको नेपाल भ्रमण पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्उयालका अनुसार समन्वयात्मक तीनदिने बैठक पहिलो पटक भर्चुअल माध्यमबाट हुन लागे पनि यहाँबाट भने भौतिक दुरी कायम गर्दै सहभागिता रहनेछ ।
सातवटै प्रदेश र उपत्यका गरी सेनाका ८ पृतना छन् । पृतनापति भेलामा सम्बन्धित प्रमुख तथा उपरथीहरूले आफ्ना पृतनाको काम, कारबाही र त्यस क्षेत्रको सुरक्षाको विषयमा जानकारी दिनेछन् । यस अलवा सुरक्षा चुनौति, सीमाको विषय लगायतमा पनि छलफल हुनेछ ।

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

प्रतिक्रिया