शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

प्रदेश सांसद वली प्रहरी सम्पर्कमा

बुटवल - सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आएकी छन् । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो। 

उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् । एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा रहेको बताए । उनले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ । प्रदेशसभा सदस्य वली शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेको माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले बताए । 


यो पनि
लुम्बिनीमा सत्ता परिवर्तनको चर्चासँगै एकपछि अर्को सांसद भूमिगत !