वायुसेवा निगमलाई हङकङ उडानमा फेरि प्रतिबन्ध, पाँचजना यात्रुमा देखियो कोभिड-१९

काठमाडौं : हङकङले नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज उडानलाई दुई साताको लागि प्रतिबन्ध लगाएको छ । निगमको जहाजबाट हङकङ अवतरण भएका ५ यात्रुमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि प्रतिबन्ध लगाएको हो ।
हङकङले चौथोपटक निगमलाई प्रतिबन्ध लगाएको निगमका सहप्रवक्ता सुलेख मिश्रले पुष्टि गरे । उनले इकागजसँग कुरा गर्दै भने, 'पाँचजना पोजेटिभ देखिएका यात्रुमा १ जना सस्पेक्टेड भएको खबर प्राप्त भएको छ ।'
निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएकाले निगमले सरकारी प्रयोगशालामार्फत कोभिड-१९ परीक्षण गरेको थियो । परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि निगमको उडानमा उनीहरुलाई सहभागी गराइएको उनले जानकारी दिए । तर, हङकङमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
गत सोमबार निगमले उडान गरेको थियो । यसअघि हङकङ जाने यात्रुले ह्याम्स र स्टार लगायत निजी अस्पतालको प्रयोशालामा कोभिड-१९ को परीक्षण गराउँदै आएका थिए । निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि निगमले यात्रुलाई सरकारीमा परीक्षण गराएको रिपोर्ट ल्याएमात्रै उडानमा सहभागी गराउने भएको थियो ।
सुरुको उडानमा चार जनामा संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई अक्टोबर ४ देखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो। उडानमा संक्रमित संख्या बढेरनौ जना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ नोभेम्बर ४ सम्म फेरि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि पनि एक साताकै अन्तरालमा भएको काठमाडौं-हङकङ उडानमा १४ जना संक्रमित पुष्टि भएका थियो । जसका कारण हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय उडान खुला भएसँगै निगमले काठमाडौं-हङकङतर्फ साताको एउटा उडान गर्दै आएको जनाएको छ ।

आठ महिनामा एक लाख ४० हजार पर्यटक भित्रिए

इनड्राइभको ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न

बेकोको उत्कृष्ट प्रोडक्टमा “अनबक्स् ह्याप्पिनेश” नयाँ बर्ष उपहार योजना

दोहोरो अंकले घटयो सेयरबजार

सुनको मूल्य आज पनि घट्यो

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

प्रतिक्रिया