दलविहीन बनेका महन्थ ठाकुरको रिटको सुनुवाइ पनि खतिवडाकै इजलासमा

काठमाडौँ - जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ मार्फत उपेन्द्र यादव समूहले आधिकारिकता पाएसँगै दलविहीन बनेका महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरे । आज सोही रिटको सुनुवाइ हुँदै छ । सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा ठाकुरको रिटको पेसी तोकिएको छ ।
निर्वाचन आयोगले यादव समूहलाई आधिकारिकता दिने निर्णयप्रति असन्तुष्ट जनाउँदै ठाकुरले निर्वाचन आयोग र अध्यक्ष यादवलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दर्ता गरेका थिए । उनले निर्वाचन आयोगको निर्णय रोक्न पनि माग गरेका छन् ।
ठाकुरले निर्वाचन आयोगले निर्णय सुनुवाइ गर्नुभन्दा पहिले पनि आयोगको निर्णय रोक्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । निर्णय रोक्न र निर्णय पछि निर्णय कार्यान्वयन नगर्न भनेर दायर गरेको दुवै रिटलाई एकै ठाउँमा राखेर न्यायाधीश खतिवडाको इजलासबाट सुनुवाइ हुँदैछ ।
यो पनि
पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

उपेश नेपालीको मृत्यु नभइ हत्या हो : सांसद शाही

सगरमाथा संवादमा इलामे चियाको स्वाद

शिक्षा समितिमा विधालय शिक्षा बिधेयक माथी छलफल हुने

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

प्रतिक्रिया