राजनीति

पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

इकागज |
साउन १८, २०७८ सोमबार १३:१२ बजे

काठमाडौँ – नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताको रिटको सुनुवाइ आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट हुँदै छ ।  प्रधानन्यायाधीश न्यायाधीश चोलेन्द्रशमशेर राणाले चार नेताको रिटको सुनसवाइका लागि न्यायाधीश खतिवडाको इजलासमा पेसी तोकेका हुन् । 

माओवादी केन्द्रले दल त्याग गरेको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाएको थियो । एमाले प्रतिनिधित्व गरेर विभिन्न कार्यक्रममा सरिक भइसकेका उनीहरुले आफूहरु अझै एमाले प्रवेश नगरेको दाबीसहित सांसद पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए ।  
 



Author

थप समाचार
x