समाज

इकागजकर्मी दुर्गा आचार्य सम्मानित

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १५:३६ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले इकागजकर्मी दुर्गा आचार्यलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी शाखाको २९ औं साधारणसभा एवं १२ औँ अधिवेशनको अवसरमा महासंघले पत्रकारितामा स्नातकोत्तर गरेका पत्रकारितामा क्रियाशील रहँदै आएका शाखाका सदस्य आचार्यसहित १० जनालाई सम्मान गरेको हो । उनीहरूलाई सोही जिल्लाबाट निर्वाचित सांसद माधव सापकोटाले सम्मान गरेका थिए ।

पत्रकारितामा नै स्नातकोत्तर अध्ययन गर्दै गरेका सञ्चारकर्मीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको महासंघले पत्रकारितामा स्नातकोत्तर गरिसकेकाहरूलाई सम्मान गरिएको महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।


सम्मानित हुनेमा पूर्व अध्यक्ष ऋषिराम पौडेल, डम्बर रसिक भारती, ध्रुव दंगाल, दिनेश थापा, शर्मिला ठकुरी, कला अनुरागी, दुर्गा आचार्य, सिताराम कोइराला, उद्धव थापा र नेत्र तामाङ रहेका छन् ।

यसअघि सुकुटेमा सम्पन्न साधारणसभाले नियमित पुरस्कार र सम्मान प्रदान गरिसकेको छ । यो थप एवं नयाँ सम्मान भएको पत्रकार महासंघ सिन्धुपाल्चोकले जनाएको छ ।

यो सँगै महासंघको संस्थागत विकासका लागि टेवा पुर्‍याउने अन्य व्यक्ति व्यक्तित्व पनि सम्मानित भएका छन् । केन्द्रीय निर्देशन बमोजिम बागमती प्रदेशका १० जिल्लामध्ये अधिवेशन गर्ने सिन्धुपाल्चोक पहिलो जिल्ला भएको छ ।

 

 


Author

थप समाचार
x