नारद पोखरेलको उपन्यास 'प्रतिघात' विमोचित

काठमाडौँ - नेपालको राजनीतिक तथा सामाजिक अवस्थाबारे चित्रण गरिएको उपन्यास 'प्रतिघात' सार्वजनिक भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै उपन्यासको लोकार्पण गरिएको हो । लेखक नारद पोखरेलको उक्त उपन्यास नेपाल स्रष्टा समाजले एक कार्यक्रम नै योजना गरेर लोकार्पण गरेकाे हाे । प्रतिष्ठानका कुलपति गंगप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा उप्रेतीले पुस्तकको केही अंश पढेको र निकै रोचक लागेको बताए । 'पुस्तकले युवापुस्ताले देख्ने सपना किन साकार हुन्न भन्ने पक्षलाई राम्रोसँग जोडेको पाएँ,' उनले भने ।
लेखक पोखरेलका अनुसार यस पुस्तकमा केही समय अगाडिको नेपालको राजनीतिक तथा सामाजिक अवस्थाबारे चित्रण गरिएको छ । पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई पनि समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् ।
यसअघि दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार भएको उनको भनाइ छ । 'लकडाउन भएको केही समय त सिनेमाहरू हेरेर बसियो । पछि त आफैँ छटपटी भयो । छटपटीलाई ठीक गर्न लेख्न थालेको त्यहीँ अहिले उपन्यासको रूपमा तयार भयो,' उनले भने ।
कार्यक्रममा समालोचकहरूले पनि पुस्तकले अघिल्लो पुस्तामा भएका घटनाक्रम र राजनीतिक पक्षलाई राम्रो शैलीमा विश्लेषण गरेको बताए । 'नारद दाइले सानो उमेरदेखि नै साहित्यमा रूचि राख्नुहुन्थ्यो । सानो उमेरदेखि नै उहाँ लेखनमा सक्रिय हुनुहुन्थ्यो । बीचमा केही समय हराए पनि अब पुनस् उहाँको आगमन भएको छ । यो खुसीको कुरा हो,' भेषराज पोखरेलले भने,'नारद आफ्नो परिवारको जेठो लेखक हुनुहुन्छ।'

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया