देशभर थपियो १४३३ खोप केन्द्र

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।
उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया