माल्कम चम्केपछि पुरुष फुटबलको स्वर्ण ब्राजिललाई

काठमाडौँ - माल्कमले १०८ औँ मिनेटमा निर्णयक गोल गरेपछि ब्राजिलले ओलम्पिक फुटबल (पुरुष) तर्फको फाइनलमा शनिबार स्पेनलाई २–१ ले पराजित गरेको छ । जितसँगै ब्राजिल लगातार दोस्रो पटक ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक विजेता बन्यो ।
आफ्नै भूमिमा भएको २०१६ ओलम्पिकमा ब्राजिलले जर्मनीलाई हराउँदै स्वर्ण जितेको थियो । यसपटक ब्राजिलको सिकार अर्को युरोपेली टिम बन्यो ।
स्वर्ण भिडन्तको पहिलो हाफमा ब्राजिल १–० ले अघि रह्यो । तर दोस्रो हाफको ६१ औँ मिनेटमा मिकेल ओयार्जबलले गोल फर्काएपछि खेल बराबरीमा पुग्यो । हुन त ब्राजिलसँग पहिलो हाफमै अग्रता दोब्बर बनाउने मौका थियो । तर यस ओलम्पिकमा पाँच गोल गरेका रिचारलिसन पेनाल्टीमा चुके । खेल आतिरिक्त समयतर्फ धकेलियो । जहाँ विजयी बन्यो ब्राजिल ।
स्पेन ओलम्पिक फुटबलमा दोस्रो स्वर्णको खोजीमा थियो । तर पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा स्पेनले सन् १९९२ पछि फेरि स्वर्ण जित्ने अवसर गुमायो ।
ब्राजिलले फाइनलमा स्थान पक्का गर्न अन्तिम चारमा मेक्सिकोको चुनौती पन्छाएको थियो ।
उता स्पेन भने आयोजक जापानलाई हराउँदै स्वर्ण भिडन्तमा पुगेको हो । जापान कास्यका लागि भएको खेलमा पनि पराजित भयो । उसलाई मेक्सिकोले ३–१ गोल अन्तरले पराजित गर्यो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया