सबै पूर्वराजदूतलाई समेट्ने भन्दै खुल्यो 'आफ्ना'

काठमाडौँ - नेपालबाट विभिन्न मुलुकमा प्रतिनिधित्व गरिसकेका एक दर्जन बढी पूर्वराजदूतहरूले पूर्वकूटनीतिक जिम्मेवारी लिएका सबैलाई समेट्दै सरकारलाई सुझाव दिने हेतु राखेर नयाँ संगठन खोलेका छन् । यसअघि परराष्ट्र मन्त्रालयमा काम गरेकै आधारमा राजदूत भएर जानेहरूको मात्र यस्तो संगठन थियो । उनीहरूले बाहिर वा राजनीतिक दलमा रहेर कूटनीतिमा काम गरेकाहरूलाई त्यसमा राख्नै नमिल्ने गरी संगठन स्थापना गरेकाले पनि अर्को संगठन खुलेको हो ।
राजनीतिक दलभित्रै रहेर काम गरेका, नजिक रहेर वा विद्वताको आधारमा सरकारले पत्याएर राजदूत हुनेहरूको अगुवाइमा नयाँ संगठन (एसोसियसन अफ फर्मर एम्बास्डर्स अफ नेपाल अर्थात आफ्ना) बनेसँगै पूर्व राजदूतहरुको संगठन नै दुई वटा भएका हुन् ।
मुलुकको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा पुगेर दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा काम गरेका पूर्वराजदूतहरुको दुई फरक-फरक संस्था हुन आवश्यक नभए पनि परराष्ट्र मन्त्रालयका पूर्व अधिकारीहरूको संगठन नै एसोसियसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल अर्थात अफ्कान रहेकाले छुट्टै संगठन स्थापना गर्न बाध्य भएको पूर्वराजदूतहरूले बताएका छन् ।
यो संगठन सबैका लागि खुला छ । यसमा परराष्ट्र मन्त्रालयमा काम गरेर राजदूत भएकाहरू पनि आउन सक्ने स्थान रहेको अध्यक्ष डा. शम्भुराम सिम्खडाले बताए । राजदूतमा राजनीतिकरण र कर्मचारीकरणा गरिनु हुँदैन भन्दै सिम्खडाले भने, 'जहाँबाट भए पनि सरकारले पत्याएर विदेशी भूमिमा राम्रै काम गरेर फर्केका छौँ ।'
राजनीतिक कोटाबाट गएकाहरूकै नाम राजदूतको अग्रपंतिमा आउँछ । उनीहरू नै अधिक अब्बल र कूटिल देखिए पनि केही सिफारिसमा राजनीतिक दल चुक्दा त्यस्ताले राम्रालाई पनि ओझेल पारेको बुझाइ छ । परराष्ट्रका कर्मचारी राम्रा देखिएका हुन् । परराष्ट्र सेवाबाट राजदूत भएर गएकाहरू निर्णय गर्न नसक्ने र राजदूत पदलाई आराम गर्ने पदको रूपमा लिएको पनि देखिएको छ ।
यो अवस्थामा सुधार गर्न दुवै संंगठन मर्ज भएर काम गर्न आवश्यक देखिन्छ । राजनीतिक र कर्मचारी ५०/५० प्रतिशत राजदूत हुने नियम नै तय गरेको परराष्ट्रले बाहिर पनि त्यस्तै संगठन पाएको हो । त्यसलाई राजदूतहरूले आफूलाई करिअर राजदूतभन्दा आधिकारीका संगठन बनाएर कूटनीतिक क्षेत्रलाई व्यवस्थित पार्न राजनीतिक नेतृत्वले पत्याएर राजदूत भएकाहरूका आधारमा कूटनीतिक नियुक्ति आवश्यक छ ।
पूर्वराजदूत सिम्खडा अध्यक्ष रहेको आफ्नामा उपाध्यक्ष चोपलाल भुसाल, सचिव लक्की शेर्पा र कोषाध्यक्ष रमेश कोइराला चयन भएका छन् । यसै गरी संस्थाका सदस्यहरूमा डा. अर्जुन कार्की, प्रा. डा. विश्वम्भर प्याकुरेल, डा. विजयकान्त कर्ण, डा. ऋषि अधिकारी र युवनाथ लम्साल छन् । ‘आफ्ना’ आइतबार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । आफ्नाका अध्यक्ष डा. सिम्खडाका अनुसार पूर्वराजदूतहरुले प्राज्ञिक, बौद्धिक र कूटनीतिक क्षेत्रमा हासिल गरेको अनुभव तथा योगदानलाई संगठित एवं व्यवसायीकरण गर्ने उद्देश्यले यो संस्था गठन भएको हो ।
राजदूतमा राजनीतिकरण, कर्मचारीकरण गर्न आवश्यक नभएकाले पनि यो साझा फोरम भएको बताउँदै भने, 'कूटनीतिलाई प्राथमिकता दिने वातावरण सिर्जना गरी राज्यको परराष्ट्रनीति निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथै परराष्ट्र नीति सम्बन्धी विभिन्न विषयमा छलफल गरी नेपालको स्वाधीनता, राष्ट्रिय स्वार्थका पक्षमा स्वतन्त्र र संस्थागत धारणाहरू सार्वजनिक गर्न संस्था गठन भएको हो ।’

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया