आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

बिहीबार ३२ संक्रमितको मृत्यु, ३२६० संक्रमित थपिए

काठमाडौँ- बिहीबार कोभिड-१९ संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २१२ जनाको मृत्यु भएको हो ।

२४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।