देशभर कोभिड संक्रमणका ९२० गम्भीर विरामी

काठमाडौँ - बिहीबार देशभर आईसीयू तथा भेन्टीलेटरमा ९२० संक्रमित उपचाररत छन् । आईसीयूमा ७३७ र भेन्टीलेटरमा १८३ गम्भीर अवस्थामा उपचाररत छन् ।
प्रदेश १ को आईसीयूमा १४१, भेन्टीलेटरमा ५६ जना विरामी छन् । त्यहाँ मृतकको संख्या एक हजार ४४८ पुगेको छ । प्रदेश २ को आईसीयूमा तीन विरामी छन् । त्यहाँ मृतकको संख्या ७५० रहेको छ । बागमती प्रदेशको आईसीयूमा ४४५, भेन्टीलेटरमा १०० विरामी छन् । मृतकको संख्या चार ३५९ पुगेको छ ।
त्यसैगरी गण्डकीको आईसीयूमा ६९, भेन्टीलेटरमा ८ विरामी छन् । मृतकको संख्या एक हजार १३९ पुगेको छ । लुम्बिनीमा आईसीयूमा ६४, भेन्टीलेटरमा १२ विरामी छन् । मृतकको संख्या एक हजार ६३५ पुगेको छ । कर्णालीमा आईसीयूमा ७, भेन्टीलेटरमा १िवरामी छन् । ४३१ संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशको आईसीयूमा ८, भेन्टीलेटरमा ६ विरामी छन् । ४५० संक्रमितको मृत्यु भएको छ ।
२४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया