कर्णालीमा छैन खोप भण्डारण केन्द्र

सुर्खेत - कर्णाली प्रदेशमा भण्डारण केन्द्र नहुँदा समस्या खोप भण्डारणमा समस्या हुुँदै आएको छ । प्रदेशमा खोप भण्डारण नहुँदा हाल बाँकेको नेपालगञ्जमा रहेको आपूर्ति शाखामा खोप भण्डारण हुँदै आएको छ । उक्त शाखाअन्तर्गत ३ हजार लिटर क्षमताको खोप भण्डारण केन्द्र छ ।
त्यहीँबाट कर्णालीका जिल्लाहरूमा खोप पठाउने गरिएको छ । हुम्ला, मुगु र डोल्पामा हवाई मार्गमार्फत खोप ढुवानी हुँदै आएको छ । यी जिल्लाबाहेक बाँकी जिल्लामा सडक यातायातमार्फत खोप पठाउने गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।
कोभिडको खोप भण्डारणका लागि छुट्टै ठाउँ नभएपछि जिल्लाहरूमा नियमित खोप भण्डारण गर्ने केन्द्रमा नै भण्डारण गर्ने गरिएको चौधरीले बताए । प्रदेश बाहिर खोप भण्डारण गर्दा विभिन्न समस्या आउने भएपछि अब भने स्वास्थ्य सेवा निर्देशनालयकै परिसरमा भण्डारण केन्द्र निर्माण गर्न थालिएको छ । ६ हजार लिटर क्षमताको खोप भण्डारण केन्द्रको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
उक्त केन्द्र एक महिनामै सञ्चालन हुने चौधरीले बताए । कर्णालीमा हालसम्म लक्षित जनसंख्याको २४ प्रतिशत जनसंख्याले मात्र कोभिडविरुद्धको खोप लगाएको निर्देशनालयले जनाएको छ । त्यसमध्ये पनि दुवै डोज पाउनेको संख्या न्यून रहेको छ । कर्णालीमा हाल दोस्रो डोजको खोप अभियान सञ्चालन भइरहेकोले यो संख्या बढ्ने निर्देशनालयले जनाएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया