च्याम्पियन्स लिग प्लेअफः समूह चरण नजिक पुग्यो बेन्फिका

काठमाडौँ-पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगको समूह चरण नजिक पुगेको छ । प्लेअफको पहिलो लेगमा डच प्रतिद्वन्द्वी पीएसभी आइन्डहोभनलाई २–१ ले हराउँदै बेन्फिकाले च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।
बेन्फिकाका लागि पहिलो हाफमा राफा सिल्भा र युलियान वेगलले एक–एक गोल गरे । पीएसभीले दोस्रो हाफमा एक गोल फर्कायो । डच टिमका कोडी गाक्पाले गोल गरे ।
बेन्फिका र पीएसभीको प्रतिद्वन्द्वीता नयाँ होइन । दुई टिम सन् १९८८ को युरोपियन कपको फाइनलमै भिडेका थिए । जहाँ पीएसभी विजयी बनेको थियो । त्यसबखतको युरोपियन सन् १९९२–९३ सिजनबाट च्याम्पियन्स लिग बनेको हो ।
बेन्फिकाले गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश पाएको थिएन । प्लेअफमा ग्रिसको पीएओकेसँग पराजित भएपछि पोर्चुगाली फुटबलको सर्वाधिक सफल टिम च्याम्पियन्स लिग खेल्न बञ्चित बन्यो ।
यसपालीको च्याम्पियन्स लिगमा छनौट हुन पीएसभी कठिन बाटो हिडिँरहेको छ । डच लिगमा दोस्रो भएको हैसियतले पीएसभीले छनौट चरण हुँदै प्लेअफसम्म आइपुगेको हो । छनौट चरणका तीन खेलम पीएसभीले टर्कीको गालातासारे र डेनिस क्लब एफी मिज्जील्यान्डलाई पन्छायो । लगातार चार खेलमा विजयी बनेपछि मात्र पीएसभीले प्लेअफमा स्थान बनाएको हो । प्लेअफको दोस्रो लेग अब अगस्ट २४ मा पीएसभीको मैदानमा हुनेछ ।
अन्य प्लेअफ खेलहरुमा स्विडनको माल्मो एफएफ र स्विस टिम योङ ब्याइजले जित दर्ता गरे । माल्माले बुल्गेरियाको लुडोगोरेट्स राजगार्डलाई २–० ले पराजित गर्यो भने योङ ब्याइजले हंगेरीको फेरेकाभारोसमाथि ३–२ को संघषपूर्ण हासिल गर्यो ।
मंगलबारको खेलमा शाख्तर डोनेस्कले फ्रान्सेली टिम मोनाकोलाई १–० ले पन्छाएको थियो भने साल्जबर्गले ब्रोन्डबाई २–१ हरायो । त्यसै दिनको अर्को खेलमा माल्डोभाको सेरिफ टिरासपोलले डिनामो जाग्रबेमाथि ३–० को अप्रत्याशित जित दर्ता गर्यो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया