चेपुवामा खाडीका नेपाली महिला

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) (कोरोना) भाइरस महामारीका कारण विश्व आक्रान्त छ । यो महामारीबाट नेपालीहरु पनि अछुतो छैनन् । कोरोना महामारीसँगै निम्तिएका अनेक समस्याहरुले बाहिरी देशमा रहेका नेपालीलाई झन पीडित तुल्याएको छ । यही बेला खाडी मुलुकमा रहेका नेपाली महिलाहरु दुई देशको चेपुवामा परेका छन् ।
अर्कोतर्फ अवैधानिक रुपमा खाडी गएका महिलाहरुले स्वदेश फर्कनको लागि नेपाली दुतावसमा सम्पर्क गर्न सकेका छैनन् । अधिकांश नेपाली महिलाहरु अवैधानिक बाटोबाट खाडी मुलुक गएका कारण संकटका बेला यो समस्या आइपरेको प्रतिनिधिसभा अन्तर्गतको महिना तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल बताउँछिन् । पालका अनुसार दुतावासमा सहज सम्पर्क हुन नसकेका कारण पनि त्यहाँका नेपाली महिलाहरु कोरोना संकटमा स्वदेश फिर्ता आउन समस्या देखिएको हो । समितिले एक महिनाअघि मात्रै खाडीमा रहेका नेपाली महिला कामदारको विवरण उपलब्ध गराउन सरकारलाई पत्र पठाएको थियो । तर, खाडीमा रहेका नेपाली महिलाहरुको यकिन तथ्यांक अझै भेटिएन ।
त्यस्तै महिला समितिले विदेशमा अलपत्र परेका नेपाली महिलालाई उद्धार गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो । समितिले सरकारलाई यो निर्देशन दिएको हो । समितिले आफ्नो निर्देशनमा भनेको छ,‘सम्बन्धित देशमा रहेका नेपाली दुतावाससँग विस्तृत छलफल गरि देश अनुसार स्पष्ट उद्धारको खाका बनाई उद्धार कार्यलाई व्यवस्थित गराउन सम्बन्धित मन्त्रालयलाई निर्देश गर्दछ ।’
त्यस्तै समितिले घरेलु कामदारको रुपमा विदेश जाने महिलाहरुको समस्या सामाधान गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । ‘अलपत्रमा परेका घरेलु महिला कामदारहरुको विवरण शिघ्र अद्यावधिक गर्न, गराउन, वैदेशिक श्रमिकको वर्गिकरण गरि आवश्यकता अनुसार उद्धार गर्ने व्यवस्था मिलाउन, कोभिडका कारण ज्यान गुमाउने, विरामी, उद्धार गरिएकाको विवरण अध्यावधिक गर्न, गराउन मनोसामाजिक परामर्श प्रदान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिको निर्देशनमा भनिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया