म्यानचेस्टर युनाइटेड युरोपा लिग फर्कियो

काठमाडौं : म्यानचेस्टर युनाइटेड युरोपा लिगमै फर्किएको छ । बुधबार च्याम्पियन्स लिगमा जर्मन विपक्षी आरबी लाइपजिगसँग पराजित भएसँगै इंगल्यान्डको सर्वाधिक सफल क्लब युरोपियन क्लब फुटबलको दोस्रो श्रेणीमा झरेको हो ।
रेडबुल एरिनामा लाइपजिगविरुद्ध उत्रिनु अघि युनाइटेडलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न एक अंकको मात्र आवश्यकता थियो । तर कमसेकम बराबरीको लक्ष्य लिएको युनाइटेड ३-२ ले पराजित भयो । विजय टिमका लागि एन्जेलिनो, आमादौ हैदारा र जस्टिन क्लमइभर्टले गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र पउल पोग्बाले गोल फर्काए ।
युनाइटेड प्रशिक्षक ओले गनर सोल्स्यारले भने जस्तै युनाइटेडले आफ्नो भाग्य आफै कोर्न सक्थ्यो । किनभने इंग्लिस टिमले लाइपजिगबाट एक अंक खोसे मात्रै पनि पुग्ने अवस्था थियो । तर खेल दौरान युनाइटेडले आफु च्याम्पियन्स लिगका लागि योग्य रहेको प्रमाणित गर्न सकेन ।
ग्रुप अफ डेथ मानिएको समूह एचमा रहेको युनाइटेडले केही अनेपक्षित हारहरु व्यहोर्यो । जस्तै, टर्किस क्लब इस्तानबुल बासाकसेहिरविरुद्ध । गत नोभेम्बरमा बासाकसेहिरको घरेलु मैदानमा युनाइटेड २-१ ले पराजित भयो । त्यस्तै गत साता पेरिस सेन्ट जर्मेन (पिएसजी) का अगडि पनि युनाइटेड निरिह देखियो । समुह चरणमा लगातार दुई खेल हारेपछि युनाइटेडलाई लाइपजिगसँगको खेलबाट अंक बटुल्नु पर्ने बाध्यता थियो । तर सोल्स्यार नेतृत्वको टिम असफल भयो । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया