बिहीबार कर्णालीमा थप ५१ जनामा संक्रमण

काठमाडौँ - कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ९५ जनामा गरिएको परीक्षणमा ३४ जना र एन्टिजेन विधिबाट १ सय ६५ जनामा गरिएको परीक्षणमा १७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोभिड देखिएको छ। यस्तै कालिकोटमा १०, सुर्खेतमा १०, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशक डा.रविन खड्काकाअनुसार बिहीबार प्रदेशभरमा ४७ जनाले कोभिड संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
यस्तै ७ सय ४२ जना सक्रिय संक्रमित छन् । यो संख्या अघिल्लो साताकोभन्दा केही कम हो । योसँगै कर्णालीमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ३ सय ६६ पुगेको खड्काले जनाए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया