राज्यव्यवस्थाको निर्देशन विपरीत सरकारले गर्यो एआइजीमा बढुवा

काठमाडौँ : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशनविपरित सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा विश्वराज पोखरेलको बढुवा गरेको छ । उनलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ । समितिको बुधबारको बैठकले प्रहरीमा एआइजी सरकारलाई नथप्न निर्देशन दिएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेर अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको हो । मन्त्रिपरिषद्ले पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा अपराध अनुसन्धान विभागमा कार्यरत् एआइजी हरिबहादुर पालको सरुवा गरेको स्रोतले जानकारी दियो ।
बैठकले मेट्रोमा अब एआइजी राख्ने निर्णय गर्दै पालको सरुवा गरेको हो। अहिलेसम्म मेट्रोमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थियो ।
केही साता अघिमात्रै सरकारले संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआइजीको दरबन्दी थपेको थियो । त्यही दरबन्दीमा पोखरेललाई बढुवा गरिएको हो ।
मन्त्रिपरिषद्ले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक थिए ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया